कांग्रेस मकवानपुर क्षेत्र नं. १ को संघीय सदस्यमा सापकोटा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं. १ को संघीय सदस्य पदमा मा तरुण युवा नेता योग्यराज सापकोटा मनोनित भएका छन् । संघीय समितिको बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो ।
कार्यसमिति सदस्यमा मनोनित गर्न प्रणाली अनुरुप संघीय सभापति दामोदर खनालले उनलाई सदस्यमा मनोनित गरेका हुन् । तरुण दल बागमती प्रदेश सदस्य समेत रहेका सापकोटा विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर छन् । दिनदुःखी लाई सहयोग गर्ने भावना राख्ने सापकोटा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ निवासी हुन् ।
