प्रचण्डको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने

तु खबर संवाददाता
२०७८ पुष १२, सोमबार १७:२१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समूहगत छलफलको प्रक्रिया सुरू भएको छ । प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । विभिन्न नेताहरूले संयोजन गर्ने गरी प्रदेशगत, जनवर्गीय संगठन र विभागहरू सम्मिलित समूह बनाएर छलफलका लागि स्थानहरू तोकिएको छ । प्रतिवेदनमाथि भोलि दिनभर छलफल हुने र बुधबार ९पर्सि० समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।

समूह, संयोजन गर्ने नेता र स्थानको सूची यसप्रकार छ :

१.ज्येष्ठ क्युनिस्ट मञ्च, एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२. ३ सल्लाहकार कमिटी, संयोजन नन्दकुमार थापा, मञ्चको दायाबाया, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।

४,५ : प्रदेश १ दुई भागमा बाँडेर हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

६, ७: प्रदेश २ पारिजात हल, गणेश साह, यो पनि दुई भागमा

८, ९ : लुम्बिनी प्रदेश, चक्रपाणी खनाल, सिद्विचरण हल, पुस्तकालयनेर ।

१० र ११ : गण्डकी प्रदेश, गायत्री गुरूङ, पेरिसडाडाको माथिल्लो हल ।

१२ : प्रवास समिति लक्ष्मण पन्त, पेरिसडाडा मजदुर हल

१३,१४ : कर्णाली प्रदेश, विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल ।
अर्को हलमा

१५ र १६ : सुदूरपश्चिम, खगराज भट्ट

१७ र १८ : केन्द्रीय विभागहरू, माया प्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समुह बनाएर ।

१९: विशेष प्रदेश, जगत सिंखडा, क्वालिटीमै ।
२० र २१: सम्पर्क समन्वय प्रदेश, श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२ र २३: बागमती प्रदेश, काठमाडौं ब्याकेट, सरल सहयात्री

२४: सम्पुर्ण आयोगहरू, काठमाडौ व्यांकेटमै, संयोजक विष्णु विकास श्रेष्ठ ।

२५: जबस, मोर्चाका इन्चार्जहरू, केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समुहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।