लोहोरोले हानेर श्रीमतीको हत्या
पाँचथर । फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गत पुस ९ गते दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, लोहोरोले लागेर नेम्वाङ गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो । उनको झापाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
