हेटौंडाका १४ बर्षीय बालक २ दिनदेखि बेपत्ता
मकवानपुर । हेटौंडामा एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ सिमेन्टरोड बस्ने १४ वर्षीय सुमित भण्डारी रहेका छन् । परिवारका अनुसार सुमित शनिबार दिउँसो साथीको घर जान्छु भनेर निस्किएका थिए । उनले एस एण्ड एस सप्लायर्स नम्वर प्लेट अंकित इ–स्कुटर पनिसंगै लिएर गएको आफन्तले जानकारी दिएका छन् ।
सुमित हराएपछि परिवारले खोजी गरिदिन प्रहरीचौकीमा निवेदन समेत दिएका छन् । बेपत्ता बालकलाई भेटाउनु हुनेले नजिकेको प्रहरी चौकी वा ९८५५०३१५८८ र ९८०११३१८८८ नम्वरमा सम्पर्क गरिदिन उनका परिवारले आग्रह गरेका छन् । हराएका बालकको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
