माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

तु खबर संवाददाता
२०७८ पुष ११, आईतवार ०८:१८
file-photo

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो । सम्मेलनलाई माओवादीले ८ औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई आज बिहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ । सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुने भएका हुन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ ।