आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । सो बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।
एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूची ।

