दुर्घटनामा हेटौंडाका वाईबाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष ३, शनिबार ०९:३७

मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ फारलाइनलना गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने शक्ति वाईबा रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, हाल ट्याक्टर नम्वर भने खुलेको छैन । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।