२ मतले हारे गच्छदार

तु खबर संवाददाता
२०७८ पुष १, बिहीबार ०९:०८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत उपसभापति पदको लागि भएको निर्वाचनमा उम्मेदवार बनेका गच्छदार २ मतले पराजित भएका छन् ।
सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका गच्छदार डा. शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुङसंग २ मतले पराजित भएका हुन् । झिनो मतले पराजित भएपनि उनले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् । निर्वाचन समितिले महामन्त्रीको मतगणना पनि केही बेरमा सुरु हुने जनाएको छ ।