दुर्घटनामा दुई जनाको मृत्यु
झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति ना ५ ख ७९३७ नम्बरको बस र मे ७ प २८४६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक ईलामको रोङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका चन्द्र बहादुर राई रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक ईलामको चुलाचुली–२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
