झापामा भ्यान दुर्घटनामा, २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार १४:५६

झापा । झापाको सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दिउँसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो । घाइतेहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो ।

सो क्रममा माईजोमाई गाँउपालिका– ४ का ७६ वर्षीय रामप्रसाद तिमल्सिना र माईजोमाई–३ का ४० वर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, सोही दुर्घटनामा परेर चालकसहित आठ जना घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।