सार्वजनिक भयो अन्जु पन्तको ‘किन दुख्छ मुटु’

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार ११:३३

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । हरि आचार्यको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियामा माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्कीसँगै गीतकार आचार्यको पनि अभिनय देख्न सकिन्छ ।

धन र माया तुलना गरिएको गीतको भिडियो फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । मदन कस्यपको छायाङ्कन रहेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । पन्तको स्वरमा यसअघि दर्जनौँ गीतहरु बजारमा आइसकेका छन् । मिठो स्वरकी धनी पन्तका गीतहरु चर्चामा रहने भएकै कारण धेरैपटिक युट्यूब टे«ेन्डीङ्मा पर्ने गरेको छ ।