हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ दामिटारस्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर बस्ने ४० वर्षीय युवराज आचार्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
बिहान ६ः३० बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नम्वरको ईटा लोड टिपरले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दासले बताए ।
उनका अनुसार, मृतक आचार्य मोटरसाइकल चालक हुन् । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङ जैवनी बस्ने ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतलामा लगिएको छ । उनको अवस्था सामान्य रहेको छ । उक्त टिपर चालक हाल फरार रहेको र उनको खोजीकार्य हुनुको साथै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जाएको छ ।
