बिवाह वर्षगाँठको अवसरमा आर्थिक सहयोग
मकवानपुर । मकवानपुरे साहित्यकार एवम् शिक्षक दीपक गौतम र उनकी जीवन संगिनी प्रभा पौडेलले आफ्नो तेह्रौं बैवाहिक वर्षगाँठको अवसरमा एक मृगौलापीडित महिलालाई आर्थिक रहम सहयेग गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ पारिजातपथमा लामो समयअघिदेखि ठेलामा फलफूल व्यापार गर्दै आएकी ४७ वर्षीया विनिता उप्रेतीलाई गौतम दम्पतीले रु ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
दुवै मृगौला फेल भई केही महिना अघिदेखि डाइलासिस गराउँदै आएकी उप्रेतीलाई उपचारमा कठिनाई उत्पन्न भइरहेको र उपचारको क्रममा उप्रेतीले आफ्नो ठेलासमेत बिक्री गरेको थाहा पाएपछि औषधी जोहो गर्नको लागि थोरै भए पनि सहयोग गरेको गौतमले जानकारी दिए । यस्तै, मृगौलापीडित उप्रेतीको दुवै मृगौला फेल भएको समाचार केही समयअघि मकवानपुरका सबैजसो मिडियाहरूमा प्रकाशित भएको थियो । उनी हाल हेटौंडा अस्पतालमा नियमित मृगौला डाइलासिस गराइरहेकी छन् ।
