बागमती प्रदेशः ५ मन्त्री र एक राज्यमन्त्री थपिँदै
मकवानपुर । बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज ५ जना मन्त्री र १ जना राज्यमन्त्री थप गर्दैछन् । नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री तथा एक राज्यमन्त्री थप हुनेछन् ।
स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट विशाल खड्का, घनस्याम दाहाल, रत्न ढकाल चर्चामा रहेका छन् भने नेकपा एकीकृत समाजवादीबाट बसुन्धारा हुँमागाँई, बसन्त मानन्धर चर्चामा छन् । त्यस्तै राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ् चर्चामा रहेकी छिन् । स्रोतका अनुसार कांग्रेसबाट राज्यमन्त्रीको चर्चामा रहेका सन्त चेपाङ्को निर्णय पछि मात्रै हुनेछ । बागमतीमा यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ वटा मन्त्रालयले पूर्णता पाइसकेको छ ।
