हेटौंडामा पहिलो पटक अन्तरप्रदेश समन्वय बैठक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक अन्तरप्रदेश समन्वय बैठक आइतबार सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेको बैठकमा संघीय सरकारका मुख्य सचिव शंकरदास वैरागीसहित सातै प्रदेशका प्रमुख सचिवहरु सहभागी छन् ।
प्रदेशहरुका असल अभ्यास, संघीय सरकार र स्थानीय तहसँगको समन्वय, प्रेरणदायी कार्य र समस्या/चुनौतीबारे विस्तृत छलफल गरेर निष्कर्ष निकाल्ने उद्देश्यले अन्तर प्रदेश समन्वय बैठक राखिएको बागमती प्रदेश प्रमुख सचिव किरण राज शर्माले जानकारी दिए । बैठक उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा कामका लागि संघीय सरकारले निजामती सेवा ऐन र प्रहरी समायोजन ऐन नल्याएकाले समस्या भएको बताए । संघीय सरकारले योजना हस्तान्तरण गर्ने तर, रकम उपलब्ध नगराएकाले योजनाहरु सम्पन्न गर्न समस्या भएको उनको गुनासो छ । पाण्डेले संघीयता कार्यान्वयन सँगै केन्द्र सरकारका विभागहरु हटाउन आग्रह गरे ।
यातायात व्यवस्था विभागले अझै १५ लाख जनालाई सवारी लाइसन्स दिन बाँकी रहेकाले यस्तो अवस्था तत्काल अन्त्य गर्न आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘यातायात क्षेत्रको सबै अधिकार प्रदेशमा आइसकेको छ । तर, लाइसेन्स बाँड्नमात्र भनेर विभाग राखिएको छ । जसले लाइसेन्स नै बाँड्दैन । अनि त्यो विभाग राखेर के काम ?’ संघीय सरकारले औद्योगिक क्षेत्रहरुलाई बेवारिस बनाएको, आरोप लगाउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारलाई औद्योगिक क्षेत्रहरु हस्तान्तरण गर्न माग गरे । केन्द्र सरकार, प्रदेश सरकार र वडा कार्यालयले पनि एउटै खालका खुद्रे योजना बाँड्ने गरेकोमा उनले आपत्ति जनाए ।
कार्यक्रममा मुख्य सचिव –वैरागीले प्रशासकहरु विकासका संवाहक भएको बताए । नागरिक र सरकारको सेतुको काम प्रशासकहरुले काम गर्नपर्ने विचार व्यक्त गरेका उनले संघीयता कार्यान्वयन गर्न बैठकले सकारात्मक भूमिका खेल्ने बताए । वैरागीले सुशासनको प्रत्याभूति दिलाउन सबै लाग्नुपर्ने भन्दै जगतानावार विवाह चुस्त एस्तरमा दिएमात्र सुशासन रेशमा स्वस्थ्य प्रतिस्पर्धाको बाँजो औल्याए ।
उनले बागपती प्रदेश सरकारल संघीयताको कार्यालयको अभ्यास कार्यक्रम मायोजना गरेको मनै देशमा संशासन कायम गर्न सबै कर्मचारील सेवा प्रभावकारीढ़गले गरी काम गर्ने शैली, विचार र प्रविधिमैत्री भएर गम्भीररुपमा कार्यसम्पादन गर्न आग्रह गरे । उनले अबको मुख्य मुद्धा देशको आर्थिक र सामाजिक वृद्धि गरी देशलाई सुशासनमा राख्ने बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका सचिव यमलाल भुसालले तीन दिन हुने बैठकमा प्रदेशको सुशासन प्रणाली, प्रदेशअन्तर्गत् सेवाप्रवाह, विपद् व्यवस्थापन, कर्मचारी समायोजन, शासकीय प्रवर्द्धन, स्थानीय तहसँगको सम्बन्धलगायत विषयमा छलफल गरिने बताए ।
केन्द्रीय सरकारका मुख्य सचिवसँगको अन्तसम्वाद, अनुभव साटासाट गरी ऐक्यवद्धता जारी गरी सातै प्रदेशलाई आर्थिक, सामाजिक, सुशासन क्षेत्रमा साझा एजेण्डा बनाएर काम गरिने उनले बताए । प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव . रामप्रसाद थपलिया, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अजुर्नप्रसाद पोखरेलको सहभागिता थियो । बैठक मंगलबार सम्म सञ्चालन हुनेछ ।
