भीमेदीको भैसेमा योजना तर्जुमा गोष्ठी

तु खबर संवाददाता
२०७८ मंसिर २६, आईतवार ०९:३८

मकवानपुर । सव डिभिजन वन कार्यालय, भैंसेको आयोजनाम योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सामुदायिक वनहरुले आफनो समूहमा गरिने कार्यहरुको बारेमा कसरी योजना बनाउने भन्ने बारेमा जानकारी दिन गोष्ठीको आयोजना गरिएको सव डिभिजन वन कार्यालय भैसेले जनाएको छ ।

गोष्ठीमा डिभिजन वन कार्यालय, राप्ती मनहरिकमा सहायक वन अधिकृत बच्चुराम सुवेदी, लेखा अधिकृत हेमराज ढुङगाना, सव डिभिजन कार्यालय राप्तीका रेन्जर निश्चल घिमिरेले सहजीकरण गरेका थिए । गोष्ठीमा विभिन्न १७ वटा सामुदायिक वन समूहका २० जनाको सहभागिता थियो ।