माओवादीको प्रदेश सम्मेलन आज हुँदै
मकवानपुर । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन आज हुन लागेको हो । अधिवेशनको शनिबार मध्याह्न पार्टी अध्यक्ष पुपकमल दाहाल (प्रचण्ड) ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
माआवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम्पर्क समितिले अनुकलमा सम्मलन गर्ने बताइएको छ । प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने उनले बताए।
सम्मेलनबाट ९ पदाधिकारी सहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एकं सचिव, तीन सहसचिव र काषाध्यक्ष एक गरी ९ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा–१ मा २ सय ५९, प्रदेश २ मा २ सय ७१, बागमतीमा २ सय ७५, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ५३, कर्णालीमा २ सय ११ र सुदूरपश्चिम प्रदेशमा २ सय २३ सदस्यीय समिति हनेछ। विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् सय ७५ सदस्यीय हुनेछन् । माओवादीले यसअघि मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ।
