ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर २४, शुक्रबार ०९:३४

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिमबहादुर तामाङ र नाम÷थर÷ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।