निर्माण दिवसमा हेटौंडाको वृद्धाश्रमलाई खाद्यान्न सहयोग
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित श्रीमद् भागवत संचार संघ वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । संघले आफ्नो १४ औं निर्माण दिवसको अवसरमा बुधबार एक कार्यक्रमबीच उक्त वृद्धाश्रमलाई चामल, दाल, विस्कुटलगायत खाद्यान्न सामग्री सहयोग गरेको हो ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलले वृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवाललाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । संघका अध्यक्ष श्याम ढकालले संद्धले सामाजिक उत्तरदायित्व अन्तर्गत संघको स्थापना दिवस, निर्माण दिवसलगायतको अवसरमा सहयोग गर्दै आएको जानकारी दिए । श्रीमद् भागवत सञ्चार संघ वृद्धाश्रममा हाल ६ जना आश्रित रहेका छन् ।
सो कार्यक्रममा संघका द्धितीय उपाध्यक्ष सागर भट्टराई, महासचिव बालकुमार मल्ल, उपमहासचिवद्वय भवनाथ अधिकारी र भीमसेन कर्माचार्य, सह–कोषाध्यक्ष नवराज पाठक, कार्यसमिति सदस्यहरु क्रमशः गुरुप्रसाद दाहाल, सुरज बर्तौला, सागर कटुवाल, नवीन पराजुली, पूर्व कोषाध्यक्ष विनोद शर्मा, संघका थाहा नगर समितिका संयोजक राजनप्रसद ढकाल र वृद्धाश्रमका सचिव नवराज न्यौपानेको उपस्थिति रहेको थियो ।
