संस्कृत वेद विद्यालयका संस्थापक पराजुलीको पहिलो स्मृति दिवस मनाइयो
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० गोरक्षश्वरस्थित श्री संस्कृत वेद विद्यालयका संस्थापक प्रेमनाथ पराजुलीको प्रथक स्मृति दिवस मनाइएको छ । मंगलबार विशेष कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइएको हो ।
कार्यक्रम विद्यालयका अध्यक्ष सुयस राज पराजुलीको अध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथी खनालले संस्कृत शिक्षाप्रति सद्भाव व्यक्त गर्दै यसको संरक्षणको लागि आफुले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
हेटौंडा–१० का वडाध्यक्ष किताब सिंह लाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष अनिल अग्रवाल, उद्योग वाणिज्य संघकी महिला समिति सभापती अंकिता सुमार्गी, गोरक्षस्वर क्षेत्र विकास समिती अध्यक्ष उत्तम शर्मा ढकाललगयातको अतिथि रहेको थियो । कार्यक्रममा संस्थापक प्रेमनाथ पराजुलीले गरेका योगदानको विषयसँगै संस्कृत भाषाको विषयमा चर्चा परिचर्चा भएको थियो । २०५७ साल मा स्थापना भएको विद्यालयमा हाल २२ जना विद्यार्थी अध्यनरत रहेका छन् ।
