भारतमा एकैदिन १७ जनामा कोरोनाको आमिक्रोन संक्रमण पुष्टि

एजेन्सी
२०७८ मंसिर २०, सोमबार ०९:०४
filr-photo

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ । समाचार एजेनसी एएनआईका अनुसार आइतबार १७ जना ओमिक्रान संक्रमित थपिएका हुन् । जसमध्ये महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जनाान ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

यससँगै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ पुगेको छ । विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ । कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।