१ हजार ४१० मत गणना : बानियाँलाई ७५५, केसीलाई ६४६
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले १४ सय १० मत गणना हुँदा ७५५ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ६४६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । १०९ मतले बानियाँले केसीलाई लिड गरिरहेका छन् ।
आज भएको मतदानको मतगणना अहिले हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा जारी छ । केही समयपछि नै सभापतिमा विजयीको नाम निर्वाचन समितिले घोषणा गर्नेछ । हिजो शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज आइतवार पुनः मतदान भएको थियो । मतदान अघि सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
सभापति बाहेक अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना भने सभापतिको मत गणना सकिएपछि भोलि हुने कार्यक्रम छ ।
