८०४ मत गणना भयो, ४१८ मतसहित बानियाँ अगाडि

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार २०:३८
file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणना भइरहेको छ । अहिलेसम्म ८०४ मत गणना भएको छ । इन्द्रबहादुर बानियाँले ४१८ मत प्राप्त गरेका छन् भने जगदिश्वर नरसिंह केसीले ३८० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । बानियाँले केसीलाई ३८ मतले लिड गरिरहेका छन् । आज भएको मतदानमा २ हजार २५ मत खसेको थियो । आज भएको मतदानमा हिजो भन्दा ५८ मत कम खसेको छ । हिजो भएको मतदानमा २ हजार ८३ मत खसेको थियो । जारी अधिवेशनमा २ हजार १ सय ५१ प्रतिनिधि रहेका छन् ।

सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले आज पत्रकार सम्मेलन गरी बानियाँलाई समर्थन गर्ने घोषणा गरेका थिए । त्यसपछि भएका मतदानको मतगणना अहिले भइरहेको हो । आजको मतगणनाको सुरुवातमा बानियाँलाई केसीले लिड गरिरहेका थिए । तर, केहीबेर अघि घोषित परिणामपछि फेरी केसीलाई बानियाँले उछिनेका छन् ।