आज २०० ले घट्यो सुनको भाउ
काठमाडौं । आज साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबारको तुलनामा आज सुनको भाउ २०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यससँगै आज छापावाल सुनप्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० पैसा कायम भएको महसंघले जनाएको छ ।
