दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

तु खबर संवाददाता
२०७८ मंसिर १७, शुक्रबार १३:०२

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्वर ७ औलमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ३ बजेको समयमा आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी जाँदै गरेको ट्रयाक्टर ओलमा दुर्घटना हसँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

प्रहरीका अनुसार, कुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा १ प ४४१२ नंको ट्रयाक्टर हुँदा ट्रयाक्टर चालक गोपाल विकको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, सोही दुर्घटनामा परेर मृतक विकको श्रीमती सपना विक घाइते भएकी छिन् । घाइते उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको जनाइएको छ ।