सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुनः विष्ट

तु खबर संवाददाता
२०७८ मंसिर १२, आईतवार ०८:४४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ मा रहेको सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुनः राम विष्ट चयन भएका छन् । केन्द्रको शनिबार सम्पन्न १७ औं बार्षिक साधारणसभा तथा १० औं अधिवेशनले बिष्टलाई पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट विष्टको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बिनोद लामिछाने र सचिवमा रमिला सापकोटा, सह–सचिवमा महेश्वरमान श्रेष्ठ, कोषाध्यक्षमा रामप्रसाद कोइराला ,सदस्यहरूमा क्रमशः अच्युतराज मिश्र, कपिल अर्याल, नबराज कोइरालालगायत रहेका छन् ।

कार्यक्रम मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा केन्द्रलाई एम्बुलेन्स सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँसहित ४ पत्रकार र अन्य व्यक्तीलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा केन्द्रका निर्वतमान अध्यक्ष कुमार पौडेल, संस्थापक उपाध्यक्ष बासु खतिवडा, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।