दुर्घटनामा हेटौंडाका लामाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर ११, शनिबार १६:४२
सांकेतिक तस्वीर

मकवानपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका सीमपानीमा गएराति बस र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमो हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडी बस्ने प्रमोदकुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति ना १६ प १८३५ नम्बरको मोटरसाइकल र ना ८ ख २८ १० नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइलमा सवार लामाको मृत्यु भएको हो । दुर्घटनामा परेर सोही मोटरसाइकल चालक हेटौंडा–१८ बस्ने ३८ वर्षीय सन्तोष थापा भने सामान्य घाइते भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।