मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर ७, मंगलवार ०८:२१

रौतहट । रौतहटस्थित गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बैजनाथपुर चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भन दुई जना घाइते भएका छन् । गएराति १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । त्यस्तै, सोही दुर्घटनामा परेर गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएकी छिन् । घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बीरगंज पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुई वटा मोटरसाइकल नियन्त्रणमा लिई उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।