प्रचण्डको सचिवालयमा हेरफेर हुने

तु खबर संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १६:५०
फाइल तस्बिर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएसंगै प्रचण्डको सचिवालयमा हेरफेर हुने भएको छ । महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा रहेका थिए । चुनवाङ बैठकले उनलाई औपचारिक रुपमा स्वकीय सचिवको जिम्मेवारी समेत दिएको थियो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनी प्रचण्डको सचिवालयमै रहे । नयाँ स्वकीय सचिवको रुपमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको चर्चा छ । यस्तै प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरमा केन्द्रित हुन भनिएको छ । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने अझै टुंगो लागेको छैन । ‘सचिवालयमा कसलाई राख्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ,’ माओवादीका एक नेताले भने ।