हामी जबरालाई प्रधानन्यायाधीशको रुपमा मान्दैनौँ – अध्यक्ष श्रेष्ठ

तु खबर संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १५:२१
file-photo

काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशको रुपमा नमान्ने बताएका बताएका छन् । शुक्रबार नेपाल बार एशोसिएसनद्वारा आयोजित सर्वोच्च अदालत घेराउ कार्यक्रमपछि कोणसभामा बोल्दै उनले जबरालाई प्रधानन्यायाधीशको रुपमा नमान्ने बताएका हुन् ।

उनले भने ‘अब बारले चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशको रुपमा मान्ने छैन, हामी मान्ने छैनौँ ।’ उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्नेसमेत बताए । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले बालुवाटारमा विचौलिया भेट्ने तर, अदालतमा न्यायाधीश नभेट्ने काम गरेको आरोप लगाए ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभरका अदालत बन्द हुनसक्ने उनले बताए । उनले प्रधानन्यायाधीश विरुद्ध धर्ना कार्यक्रम आइतबार पनि जारी राख्नेसमेत बताए । उनले प्रधानन्यायाधीशले राजीनामा नदिए अदालतको इजलास बहिष्कार गर्ने चेतावनीसमेत दिए ।