एमाले मकवानपुर : १७ जना महाधिवेशन प्रतिनिधि छनौट

तु खबर संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार ०९:०५
file-photo

मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन् । आगामी कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटमा मकवानपुरका ७३ जनाले उम्मेदावरी दर्ता गराएकोमा १७ जना छानिएको क्षेत्र नम्वर १ का निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए ।

महाधिवेशनको लागि क्षेत्र नम्वर १ बाट कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, वीर बहादुर घिसिङ (फुर्वा), फुर्वा दोर्जे लामा, जुनेली श्रेष्ठ, सिता विष्ट सर्वसम्मत छानिएका हुन् । यस्तै, क्षेत्र नम्बर २ बाट सुवास चन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लाल बहादुर थापा, हिदम लामा, महेश बर्तोला, बिण्णु प्रसाद ढकाल, वरिना बल सुमित्रा काफ्ले सर्वसम्मत छानिएका हुन् । यस्तै, दलित कोटाबाट नारयण गजमेर सर्वसम्मत छानिएका छन् । दलित कोटामा तीन जनाको उम्मेद्वारी परेको थियो ।

१७ जना प्रतिनिधिको लागि क्षेत्र नम्वर १ बाट ८ जना प्रतिनिधिको लागि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेदवारी परेको थियो भने क्षेत्र नम्वर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेद्वारी परेको थियो ।