मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक २२, सोमबार ०९:४२

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–५ मा बा ०२०१५ प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्युु भएको सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा लम्की चुहा नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश रोकाया रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार अन्य तीन जना समान्य घाइते भएका छन् । लम्की चुुहा नगरपालिका–७ का मोटरसाइकल चालक २५ वर्षकै अभिषेक चौधरी, २० वर्षका जीवन चौधरी र २४ वर्षीय प्रकाश चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको सामान्य उपचारपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।