प्रेस चौतारी मकवानपुरको आयोजनामा चियापान कार्यक्रम

मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले शुभ दिपावली, छठ पर्वको अवसरमा मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा प्रमुख अतिथि पौडेलले कार्यक्रमको उद्घाटन गर्दै लोकतन्त्रलाई बचाउनका लागि सबै मिलेर लाग्न आग्रह गरे । उनले पत्रकारहरुले देखेको सत्यकुरा नडराइकन र नहिच्किचाईकन ढुक्क भएर लेख्न आग्रह गरे । समाजमा दविएका आवाजहरुलाई बाहिर निकाल्दै आवाज विहिनहरुको आवाज बन्ने क्रियाकलापमा पत्रकारहरुले ध्यान दिनुपर्ने बताउँदै उनले नेपालको हरेक परिवर्तनको आन्दोलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघमा एसोसियट तर्फबाट उपाध्यक्षमा विजयी भएका प्रेस चौतारी मकवानपुरका सल्लाहाकार, ब्रोड कास्टिङ यसोसियसन (बान) का कार्यवाहक अध्यक्ष उज्जवल चौँलागाईलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा पूर्व सामजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश सदस्य भोजराज ढकाल, एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघमा एसोसियट उपाध्यक्षमा उज्जवल चौँलागाई, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, एमाले सचिवालय सदस्य नविन सिग्देल, एमाले जिल्ला सदस्य धु्रबप्रसाद चौँलागाई लगयातको उपस्थिति रहेको थियो ।