कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीको दावी पेश

तु खबर संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १७:०७
file-photo

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

हाल ३५ जना प्रदेशसभा सदस्यहरु रहेको कर्णाली प्रदेशमा नयाँ सरकार गठनको लागि १८ सांसदको आवश्यकता रहेको छ । शाहीलाई कांग्रेसका ६, नेकपा माओवादीका १२ र नेकपा एकीकृत समाजवादीका २ सांसद गरी २१ सांसदले समर्थन गरेका छन् ।प्रदेश प्रमुख कलौनीले सोमबार बेलुका संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए । मुख्यमन्त्री शाहीले आज साँझ ८ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।