नेप्से १७ अंकले घट्दा ७ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७ अंकले घटेको छ । हिजो आइतबार ५५ अंकले बृद्धि भएको नेप्से परिसूचक आज १७ दशमलव ७५ अंकले घटेर २ हजार ८१९ दशमलव ८६ विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७७ करोठ ७५ लाख १० हजार ७७८ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ३ उपसूचक बाहेकका सबै उपसूचक राताम्य भएका छन् । आज लगानी समूह, बैकिङ्ग समूह, होटल तथा पर्यटन समूहमा हरियाली छाएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँको कारोबार भएको हो । यस्तै, आज मानुषी लघुवित्त, साहास उर्जा र पाचँथर पावरको शेयरमा सर्किट लागेको छ । साथै हिमालयन जनरल इन्स्योरेन्सको ८.०८ प्रतिशत अकं र सिभिल बैैंकको ६.०२ प्रतिशत अकंले वृद्धि भएको हो ।
