आज नेप्से ५५ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५ अंकले बृद्धि भई २ हजार ८ सय ३७ दशमलव ६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये बैकिङ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । प्रतिशतका आधारमा सबैभन्दा विकास बैंक समूहको बृद्धि भएको छ भने रुपैयाँका आधारमा निर्जीबन बीमा समूहमा ६०३ रुपैयाँको बृद्धि भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी रहेको छ । सो कम्पनीको आज एकैदिन ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँको कारोबार भएको हो ।
साथै आज १० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज यूनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामूदायिक लघुवित्त, पाचँथर पावर, हिमालयन उर्जा, चन्द्रागिरी हिल्स, साहस उर्जा, रैराङ हाईड्रोपावर, कामना सेवा विकास बैंक र सानिमा माई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।



