बागमतीका मुख्य न्यायाधिवक्ता थपलियो दिए थपबाट राजिनामा

तु खबर संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार १६:१२

मकवानपुर । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजिनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पदबाट राजीनामा दिएका हन् । नेकपा एमालेले बागमती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका उनले प्रदेशमा नयाँ सरकार गठन भएसँगै पदबाट राजीनामा दिएका हुन् ।

एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि थपलियाले पनि राजिनामा दिएका हुन् । थपलिया विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । उनले आफूले पाएको जिम्मेवारी प्रभावकारी रुपमा पूरा गरेको बताए ।