मकवानपुर उद्योग संघको वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । उनले अर्का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पराजित गर्दै ६७२ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने ६१८ मत प्राप्त गरेका थिए ।
वाणिज्यमा १ हजार ८ सय ७० मतदातामध्ये १ हजार ५ सय १५ मत खसेको थियो । वाणिज्यको सदस्य तर्फ अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चौलागाई, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, माधव ज्ञवाली, विकेशलाल श्रेष्ठ, सुदर्शन खरेल विजयी भएका छन् । ७ जना सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका थिए ।
यसैगरी, वाणिज्य सदस्य महिला आरंक्षण तर्फ निलम पाण्डे र निलम वैद्य विजयी भएका छन् । जसमा पाण्डेले ९२३ मत प्राप्त गरेकी थिइन् भने वैद्यले ७९५ मत प्राप्त गरेकी थिईन् । यता, कृष्णहरि बर्तौला विजयी भएका छन् । उनले ५६५ मत प्राप्त गरेकी थिइन् । उक्त पदको लागि उनीसँगै राजु राउत (३९७) र राधिका सामरी पाण्डे (४६२) ले उम्मेदवारी दिएका थिए ।
