नेकपा एकीकृत समाजवादी राक्सिराङ ८ र ९ मा वडा कमिटी गठन

तु खबर संवाददाता
२०७८ कार्तिक ७, आईतवार १७:४६

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी राक्सिराङ गाउँपालिकामा संगठन विस्तारलाई तिव्रता दिएको छ । आइतबार राक्सिराङ गाउँपालिकाको २ वटा वडामा वडा कमिटि गठन गर्दै संगठन विस्तार गरेको हो । राक्सिराङ–८ मा २४ सददस्यीय र राक्सिराङ–९ मा १३ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

नेकपा एकीकृत समाजवादी राक्सिराङका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर चेपाङका अनुसार, आइतबार भएको छुट्टाछुट्टै भेलाले कमिटी गठन गरेको हो । राक्सिराङ–८ मा सरोज प्रजाको नेतृत्वमा २४ सदस्यीय कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा माया प्रजा, सचिवमा सन्त प्रजा र सहसचिवमा एनोश प्रजा चयन भएका छन ।

पार्टीको गाउँपालिका इन्चार्ज कृष्ण बहादुर चेपाङ, जिल्ला सदस्य कृष्णलाल मोक्तान, ज्ञानेन्द्र तामाङ, मिलन कुमारी मोक्तान, सागर प्रजा, प्रवास कमिटिका किशोर ब्लोन लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो । यस्तै, राक्सिराङ–९ मा दावा थिङको नेतृत्वमा वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बुद्धबहादुर मोक्तान र सचिवमा जनक स्याङतान चयन भएका छन । पार्टीको जिल्ला कमिटी सदस्य अमर बाल्पालगायत नेताहरुको उपस्थितिमा कमिटि गठन गरिएको हो ।