कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

तु खबर संवाददाता
२०७८ कार्तिक ३, बुधबार ०८:४८

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिएका हो । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा ब्रत एवम् कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको हो ।

वि.सं २०७८ बैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको थियो ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ ।