सिन्धुपाल्चोकमा सोमबार ४ पटक भूकम्प
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर एकै दिन लगातार ४ पटक भूकम्प गएको छ । सोमबार १० मिनेटको अन्तरमा दुई वटा र ३ मिनेटको अन्तरमा दुई वटा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेटमा र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्नेच्यूडका दुई वटा भूकम्प गएका हुन् ।
त्यसैगरी ३ बजेर २० मिनेट जाँदा ४.१ म्याग्निच्युड तथा त्यसको तीन मिनेटपछि पुनः ४ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । विनाशकारी गोरखा भूकम्पपछि सिन्धुपाल्चोकमा नै ठूलो पराकम्प गएको थियो । जसका कारण त्यस क्षेत्रमा ठूलो क्षति भएको थियो । पछिल्ला भूकम्पका क्षतिको विवरण प्राप्त भएका छैनन् ।
