राष्ट्रपति भण्डारीद्वारा नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन

तु खबर संवाददाता
२०७८ आश्विन २८, बिहीबार १६:०१
फाइल तस्बिर

काठमाडौँ । साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा नेपाली फुटबल टोलीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत बधाई दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन् । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।