मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्लान। सल्लानमा मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर १० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । दशैंको मासुको विषयमा घरमा बाबुछोराबीच विवाद भएपछि बाबुले धारिलो हतियारले प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् ।
मङ्गलबार राति करिब १० बजेको समयमा घटना घटेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइसकिएको समेत प्रहरीले जनाएको
छ ।
