जिप दुर्घटनामा ८ जनाको मृत्यु
कास्की । कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय कास्कीे जनाएको छ । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोखरा ल्याइँदै गरेको जनाइएको छ । यस्तै, सोही दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घटनाको कारण र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको बसले स्थानीय ८ वर्षीय बालकलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते बताएका बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।
