विभिन्न पार्टी परित्याग गरी ३६ जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ आश्विन २३, शनिबार १०:०३

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा ३६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार कांग्रेस मनहरी गाउँपालिका २ द्वारा दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस मनहरी गाउँपालिका २ का सभापति प्रमे गोङ्बाको अध्यक्षता तथा कांग्रेस महासमिति सदस्य रन्जन कालाखेतीको प्रमुख आतिथ्यताम भएको कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरेका ३६ जना कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।

महाधिवेशन प्रतिनिधि एएम् बागमती प्रदेश सदस्य सन्तबहादुर प्रजाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सदस्य मिरा स्याङतान, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैला क्षेत्रिय सल्लाकार शंकर न्यौपाने, मनहरी गाउँपालिका वडा नं. १ का अध्यक्ष शिव खनाल लगायतको उपस्थिति रहेको थियो ।