मनहरी फुटबलः आज दुई खेल हुँदै
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ मा जारी फुटबल प्रतियोगिताको आज (बुधबार) दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेलमा लामा बस्ती र जनजागरण युवा क्लबबीच प्रतिस्प्रर्धा हुने भएको छ भने दोस्रो खेलमा युवा जगृती र जनसिद्ध युवा क्लाबबीच प्रतिस्प्रर्धा हुने आयोजक समितिका सल्लाहकार बिशाल घलानले जानकारी दिए ।
मंगलबार तीन वटा खेल भएको छ । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरीको हाँडिखोलस्थित सिद्धकालीमा भइरहेको उक्त प्रतियोगिताको तीन वटा खेल भएको हो । जनआदर्श समाज युवा मनहरी–३ ले बडा दशैंको अवसरमा आयोजना गरेको उक्त प्रतियोगिताको मंगलबार तीन वटा खेल भएको थियो । मंगलबार पहिलो खेलमा सुन्दर युवा क्लबलाई ५–० को गोल अन्तरले पराजित गर्दै लामा वस्ती युवा क्लब सेमी फाइनलमा प्रवेश गरेको थियो । मंगलबार भएको पहिलो खेलको लामा वस्ती क्लबकको जर्सी नं. ९ का समिर आर्यल म्यान अफ द म्याच भएका थिए ।
यस्तै, दोस्रो खेलमा एफ सी विजौना क्लबलाई ४–३ को गोल अन्तरले पराजित गर्दै युवा जगृती क्लब विजयी भएको थियो । उक्त खेलको म्यान अफ द म्याच युवा जागृती क्लवको जर्सी नं. ३ हरि स्याङतन भएका थिए । यसैगरी, तेस्रो खेलमा एफ सी पालदमार ११ युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जनसिद्ध युवा क्लब सेमी फाइनलमा प्रवेश गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच भने एफ सी पालदमार ११ का जर्सी नं. ६ का मिलन तितुङ भएका थिए ।
उक्त प्रतियोगिता असोज २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
