प्रहरी दिवसमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । प्रहरी प्रहरी हेटौंडाले ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । खेलमा बागमती प्रदेश अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुका १५ टिम र अन्य नागरिकहरुबाट १५ टिम गरी जम्मा ३० टिमको सहभागिता रहेको थियो ।
खेलमा प्रथम स्थान हासिल गर्ने हेटौंडा निवासी अभिषेक वोस र माधवी वोसको टोली रहेको थियो भने द्धितिय स्थान हेटौडा निवासीनै नविन पौडेल र हिकमत सिंह पातलीको टोलीले हात पारेको छ । त्यसैगरी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहेका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी हवल्दार हरिबहादुर तामाङको टोली, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी हवल्दार पोषण चौधरी र प्रहरी जवान रामबहादुर थापाको टोली गरी २ टिमले तेस्रो स्थान हासिल गरेका छन् ।
खेलमा बकैया गाउँपालिका ४ का खेलाडी डाक्टर टिकाराम राईलाई उत्कृष्ट खेलाडीको रुपमा छनौट भएका थिए । बिजेता खेलाडीहरुलाई यही असोज २० गते हुने ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा सिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गरिनेछ । यसैगरी, प्रदेश प्रहरीले प्रहरी दिवसकै अवसरमा अन्तर प्रहरी कार्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
खेलमा बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन, दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र सशस्त्र प्रहरी गण रातोमाटे गरी ५ वटा प्रहरी कार्यालको सहभागिता रहेको खेलमा प्रथम स्थान दंगा नियन्त्रण प्रहरी गण हेटौंडाले हासिल गरेको थियो भने दोस्रो स्थान बागमती प्रदेश प्रहरी कार्यालयले हात पारेको थियो । भलिबलमा समेत बिजेता पहिलो र दोस्रो हुने खेलाडीहरुलाई प्रहरी दिवसको कार्यक्रममानै नगद, मेडल र प्रमाणपत्रसहित सम्मान गरिनेछ ।
