भीमफेदी–६ मा सवालगत कार्यबाट बहिर्गमन कार्यशाला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा सवालगत कार्यबाट बहिर्गमन कार्यशाला सम्पन्न भएको छ । फियान नेपाल र भिमसेनस्थान खाद्य अधिकार सञ्जाल भीमफेदीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कर्याक्रम भिमसेनस्थान खाद्य अधिकार सञ्जाल भिमफेदीका संयोजक चन्द्रसिंह वाइबाको अध्यक्षता तथा भीमफेदी–६ का वडाध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा फियान नेपालले भिमफेदीमा २ बर्षमा गरेको क्रियाकलाप र समुदायमा पारेको प्रभावबारे छलफल गरिएको थियो । कार्यक्रममा फियान नेपालकी कार्यक्रम अधिकृत लक्ष्मी गुरुङ, जिल्ला खाद्य अधिकार सञ्जाल मकवानपुरका सहसंयोजक सम्राट तुम्बाहाङ्फे, भीमफेदी गाउँपालिकास्तरीय खाद्य अधिकार सञ्जालका संयोजक दिपक पुडासैनी, फियान नेपालकी मकवानपुर कार्यक्रम संयोजक रेश्मी कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
