कांग्रेस मकवानपुरगढी–४ को पहिलो बैठक सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को पहिलो बैठक आज (शनिबार) सम्पन्न भएको छ । सो बैठकले गत भदौ २० गते भएको कांग्रेस मकवानपुरगढी–४ को वडा अधिवेशनबाट विभिन्न पदमा चयन हुन बाँकी कार्यसमिति मनोनित गरेको छ ।
कांग्रेस मकवानपुरगढी–४ का सचिव सोमलाल (भुवन) घलानका अनुसार, बैठकले समितिको अर्का सचिवमा सुशान्त गोले, कोषाध्यक्षमा उर्मिला गुरुङ र सदस्यमा अप्सरा मोक्तानलाई चयन गरेको छ । यस्तै, सल्लाहकारमा पुर्व सभापति लोकनाथ आचार्य र निवर्तमान सभापति कुष्णबहादुर खड्का मनोनित भएका छन् ।
बैठकले वडा अधिवेशनबाट विभिन्न पदमा मनोनित भएकाहरुलाई बदाई तथा शुभकामना दिने, वडा पार्टी कार्यालय स्थापना गर्ने, विभिन्न संगठन विस्तार गर्ने, वडामा विकास निर्माण कार्यमा सुधार ल्याउन समन्वय गर्ने र प्रत्येक महिनाको पहिलो शनिबार पार्टीको बैठक बस्ने निर्णय गरेको छ ।

साथै बैठकले मतदान नामावली छुटेकाहरुलाई एक हप्ता (दशैं अगाडि) भित्रै निर्वाचन कार्यालयमा छुटफुट नामावली समावेश गर्न पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेस मकवानपुरगढी–४ का सभापति सुबास सापकोटाले जानकारी दिए । कांग्रेस मकवानपुरगढी–४ का सभापति सुबास सापकोटाको सभाध्यक्षतामा भएको बैठकमा कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरगढीका कार्यसमिति सदस्यहरु मीनप्रसाद तिमल्सिना, बुद्ध पाख्रीन, जानुका सिँ ठकुरी र कांग्रेस मकवानपुरगढी–३ का सभापति बिजय लामा थोकरको अतिथि रहेको थियो ।



