मकवानपुर बक्सिङ संघद्वारा अक्षयकोष स्थापना
मकवानपुर । मकवानपुर जिल्ला बक्सिङ संघले अक्षयकोष स्थापना गरेको छ । मकवानपुरे बक्सिङ खेलाडीहरुको हित र विकासको लागि अक्षयकोष स्थापना गरेको संघका अध्यक्ष दिनेश जोशीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार, हालसम्म करिव ३ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । अक्षयकोषको लक्ष्य ठूलो भएतापनि यसलाई १० लाख रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको उनले बताए । अध्यक्ष जोशीले भने–‘कृषि विकास बैंकमा १ लाख ७५ हजार रुपैयाँ जम्मा गरी अक्षयकोष सञ्चालनमा ल्याएका थियौँ । अहिले ३ लाख ८१ हजार रुपैयाँ अक्षयकोषमा जम्मा भइसकेको छ ।’
अक्षयकोषको लागि संघका अध्यक्ष दीपेश जोशीले १ लाख, पुरनबहादुर जोशीले १ लाख, जिल्ला बक्सिङ संघका प्रशिक्षक लालबहादुर पौडेल ५० हजार, प्रकाश पुरी ५१ हजार, अन्तराष्ट्रिय बक्सिङ खेलाडी सुशिल घिमिरे २५ हजार, सुजन ढकाल २५ हजार, भुपेन्द्र विष्ट १० हजार, अनिल रावल १० हजार र भाजुरत्न श्रेष्ठले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
अध्यक्ष जोशीले जिल्लामा बक्सिङ खेललाई नयाँ उचाईमा पुर्याउनका लागि आफ्नो व्यक्तिगत खर्चमा ५ लाख ४२ हजार ९ सय २२ रुपैयाँ बरारबको प्रशिक्षण सामाग्री सहयोग गरेको जानकारी दिए । हेटौंडा–४ स्थित कभर्डहलमा रहेको जिल्ला बक्सिङ संघको प्रशिक्षण स्थलमा नै उपस्थित भएर उनले बक्सिङका मुुख्य प्रशिक्षक लालबहादुर पौडेललाई प्रशिक्षण सामाग्री हस्तान्तरण गरेका हुन् । उनले दाबी गरे। बक्सिङ प्रशिक्षणका लागि आवश्यक थप सहयोग गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे ।
